शुक्रबार, चैत १६, २०८०

पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिए

मेरोन्यूज २०७७ चैत २७ गते १६:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमितको संख्या भने २ लाख ७९ हजार ३ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया