शुक्रबार, चैत १६, २०८०

तीन दलको वैठक

जसपा नेताहरु एक घण्टा ढिलो देउवा निवास पुगे,तीन दलको बैठक सुरु

मेरोन्यूज २०७७ चैत २७ गते १६:१९

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल जसपाका नेताहरु ढिला गरी सुरु भएको छ । जनता समाजवादी पार्टी नेपालका नेताहरु ढिला गरी बैठकमा पुगेकाले ३ बजे बस्ने भनेको बैठक एक घण्टा ढिला गरी मात्र शुरु भएको हो ।

देउवाले बोलाएको छलफलमा सहभागी हुन हिँडेका जसपाका नेताहरु बाटोमै छलफल गर्न बसेका थिए । जसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठस्थित देउवा निवास एक घण्टा ढिलो पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ् र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल , कृष्ण प्रसाद सिटौला ,बिमलेन्द्र निधि,विजयकुमार गच्छदार,पूर्णबहादुर खड्का शंशाक कोइराला लगायतका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगेका थिए ।

प्रतिक्रिया