बिहीबार, चैत १५, २०८०

जसपाका नेताहरु आपसि छलफलमा

मेरोन्यूज २०७७ चैत २७ गते १६:०१

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुन गएका जनता समाजवादी (जसपा) का नेताहरु बाटोमै छलफल गर्न बसेका छन् ।

बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका जनाइएको छ । जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ नजिकै छलफलमा बसेका बताइएको छ ।

नेताहरु आपसी छलफल सकेर देउवा निवास बूढानीलकण्ठ पुग्ने जनाइएको छ । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न लागेको हो ।

प्रतिक्रिया