बिहीबार, वैशाख ६, २०८१

देउवाले वोलाएको वैठकमा पुगेनन् जसपाका नेता

मेरोन्यूज २०७७ चैत २७ गते १६:००


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार (आज) बोलाएको तीन दलको वैठकमा समाचार तयार पार्दासम्म जनता समाजवादी पार्टीका कुनै पनि नेता उपस्थित भएका छैनन् ।
सरकार निमार्णका विषयमा कांग्रेस सभापति देउवाले बिहिवार कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) वीच बैठक आज दिउँसो तीन बजे बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएका थिए । तर उक्त वैठक अझै सुरु भएको छैन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), देव गुरुङ,कृष्ण बहादुर महरा,नारायणकाजी श्रेष्ठ नेताहरु वैठकको निर्धारित समयमै बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए । भने कांग्रेस नेता प्रकाश शरण महत समेत समयमै पुगेका थिए ।

प्रतिक्रिया