बिहीबार, वैशाख १३, २०८१

राष्ट्रपती भण्डारीद्धारा ४ मन्त्रीको पुनर्नियुक्ति (पत्रसहित)

मेरोन्यूज २०७७ चैत २७ गते १५:३३

काठमाडौं । राष्ट्रपती विद्यादेवि भण्डारीले ४ जना मन्त्रीहरुलाई पुनर्नियुक्ति गरेका छन् ।

नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारीसमा पुनर्नियुक्ति गरिएको हो ।

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका चारजना मन्त्रीको सांसदको पद खोसिएपछि आज मन्त्रीमा पुनर्नियुक्ति पाएको हो ।

मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई आज साझँ ५ बजेँ राष्ट्रपती कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अन्य राजनिक दलमा गतिविधि गरेको देखिएकाले २०७३ को दफा ३४ को उपदफा १ बमोजिम ४ मन्त्रीलाई सांसद पदबाट पदमुक्त भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया