बिहीबार, वैशाख ६, २०८१

प्रधानमन्त्री म नै हुनुपर्छ भन्ने छैन : देउवा

मेरोन्यूज २०७७ चैत २७ गते १५:३०
Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नभएको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै देउवाले आफ्नै पार्टीको प्रधानमन्त्री पनि नचाहेको बताए ।

प्रधानमन्त्री हुनको लागि संख्या चाहेको भन्दै उनले पहिला मान्छे तयार पार्नु पर्ने त्यसपछि प्रधानमन्त्री त जोसुकै होस् । देउवाले आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकारको नेतृत्वका लागि अगाडि सारेकोमा पार्टीलाई धन्यवाद दिए । उनले भोली मन्त्रीमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहिँन्छ ।

उनले अगाडि भने ‘सबै साथीहरु शेरबहादुरले कही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’ कार्यकममा देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । उनले चुनावबाहेक हर्को बाटो नहुन सक्छ भन्दै चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । उनले चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्ने बताए ।

यस्तै उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई वास्तविकताको धरातलमा बसेर कुरा गर्न पनि आग्रह गरे । कांग्रेसको संसदमा संसद बोलाउने संख्या पनि पुग्दैन भन्दै उनले संसद बोलाउन केही संख्या नपुगेर हामीले सहयोग पाएनौं । ओलीलाई संसदमा उभ्याउन संख्या पुग्दैन । देउवनले संविधान अनुसार जानुपर्ने बताए ।

प्रतिक्रिया