शनिबार, वैशाख ८, २०८१

करिब ३ लाखले पाए सिंगटीको शेयर

मेरोन्यूज २०७७ चैत २७ गते १५:०८

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ २ लाख ६९ हजार ७ सय जनाले पाएका छन् ।

१५ लाख ६५ हजार ५३० जनाको आवेदन परेकोमा २ लाख ६९ हजार ७ सयले मात्रै आईपीओ पाएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ ।

आवेदकलाई न्युनतम १० कित्ताको दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १ सय २ जनाको आवेदन भने रित्तो भएको सिंगटीले जारी गरेको सूचनामा उल्लेख छ ।

गत चैत ६ गतेदेखि चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४ सय ५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । माग भन्दा २६ लाख ९७ हजार कित्ता धेरै आवेदन परेको सिंगटीले जनाएको छ ।

सिंगटी हाइड्रोपावरको आईपीओ:

प्रतिक्रिया