शनिबार, वैशाख १५, २०८१

मन्त्री प्रभु साहको प्रचण्डलाई ६ प्रश्न

मेरोन्यूज २०७७ चैत २७ गते १४:४६

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका सहरी विकास मन्त्री प्रभु साहले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग नैतिकताको ६ प्रश्न उठाएका हुन्।

मन्त्री साहले नेकपा एमालेसँग साझा घोषणापत्र र संयुक्त मतबाट चुनाव जित्ने र एउटा पार्टिको अनुशासनको कुरा गर्ने , आफैले पार्टि एकता गर्ने र अरुलाई दल त्यागको ओरोप लगाउने लगायतका ६ प्रश्न गरेक हुन्।

साथै उनले सरकारको समर्थन फिर्ता नलिएको कुरालाई समेत इंगित गर्दै, एकतिर सरकारलाई समर्थन गरीराख्ने र अर्कोतिर सरकारको राजिनामा माग्ने भनी प्रश्न उठाएका छन् ।

नेकपा अध्यक्षको हैसियतमा अदालत धाईराख्ने र माओवादी केन्द्रको स्पष्टीकरणको पत्र काट्ने, आफुले बनाउँदै नबनाएको मन्त्रीलाई राजिनामा गर्न निर्देशन दिने, दल त्यागेको कानुन व्यक्ति पिछे फरक फरक हुने जस्ता प्रश्न मन्त्री साहले उठाएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अन्य राजनिक दलमा गतिविधि गरेको देखिएकाले २०७३ को दफा ३४ को उपदफा १ बमोजिम ४ सांसदलाई पदमुक्त भएको घोषणा गरेका थिए ।

सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । साह सहित ४ जना मन्त्रीलाई शुक्रबारनै राष्ट्रपति कार्यालयले मन्त्रीमा पुनर्नियुक्ति गरेको पत्र पठाएको छ ।

प्रतिक्रिया