बिहीबार, वैशाख १३, २०८१

गृहमन्त्री बादललाई सांसदबाट हटाउन माओवादीको सिफारिस

मेरोन्यूज २०७७ चैत २७ गते १४:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारवाही गरेको छ ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो। यससँगै अब बस्ने राष्ट्रियसभाको बैठकमा थापालाई कारवाही गरेको जानकारी दिइनेछ ।

यसअघि माओवादीले कारवाही सिफारिस गरेसँगै सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद रिक्त भइसकेको छ।

प्रतिक्रिया