शुक्रबार, चैत १६, २०८०

साझँ ५ बजे ४ मन्त्रीको पुनर्नियुक्ति हुँदै

मेरोन्यूज २०७७ चैत २७ गते १३:२९

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका चारजना मन्त्रीको सांसदको पद खोसिएपछि आज मन्त्रीमा पुनर्नियुक्ति पाउने भएका छन् ।

मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई आज साझँ ५ बजेँ राष्ट्रपती कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अन्य राजनिक दलमा गतिविधि गरेको देखिएकाले २०७३ को दफा ३४ को उपदफा १ बमोजिम ४ मन्त्रीलाई सांसद पदबाट पदमुक्त भएको घोषणा गरेका थिए ।

सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

Advertisement

प्रतिक्रिया