शुक्रबार, चैत १६, २०८०

उजुरी ‘मिलाइदिन्छु’ भन्दै घुस असुली गर्ने प्रहरी जवान पक्राउ

मेरोन्यूज २०७७ चैत २७ गते १२:२२

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो ।

आयोगको टोलीले जवान कासिन्दर यादवलाई ४० हजार घुस रकम सहित पक्राउ गरेको हो । ईप्रका सितागञ्जमा परेको उजुरी ‘मिलाइदिन्छु’ भनेर उनले सेवाग्राहीसँग घुस मागेका थिए ।

मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज नजिकैबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुस प्रकरणबारे आयोगले अनसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया