बिहीबार, वैशाख १३, २०८१

स्वास्थ्य मन्त्रालयले गर्यो स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस

मेरोन्यूज २०७७ चैत २७ गते १०:४३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । शिक्षा मन्त्रालयमा अनलाइ कक्ष सञ्चालन सम्बन्धी प्रस्ताव पठाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समयमा भेटिएका संक्रमित विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए ।

“हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं ”, उनले भने “कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ । ”

यसअघि नै स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् ।

उता ,शिक्षा मन्त्राललयका प्रवक्ता दिपक शर्माले कोरोना संक्रमण बढ्न सक्ने भन्दै विद्यालय बन्द गर्नेबारेमा यसअघि नै कार्यढाँचा तयार पारिसकेको जानकारी दिए ।

प्रतिक्रिया