मंगलबार, वैशाख ११, २०८१

राष्ट्रिय जनगणनामा सहयोग गर्न सरकारको आग्रह

गणना सुरु हुन ६१ दिन बाँकी

मेरोन्यूज २०७७ चैत २७ गते ८:४४

काठमाडौं । आसन्न राष्ट्रिय जनगणनाका लागि घरदैलोमा आउने सुपरिवेक्षक र गणकलाई सही विवरण उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ ।

आगामी बैशाख २६ देखि जेठ १४ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गर्ने राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । जेठ २५ देखि असार ८ गतेसम्म सुपरिवेक्षक र गणक प्रश्नावली फारम भराउनका लागि घरदैलोमा आउने विभागले उल्लेख गरेको छ ।

नागरिकले सही सूचना दिए सरकारले पनि सही सूचना संकलन गर्ने भएकाले घरदैलोमा आउने सुरपरिवेक्षक तथा गणकलाई सही विवरण उपलब्ध गराइदिन सरकारले आग्रह गरेको हो ।

सरकारले यस पटकको जनगणनाका लागि मेरो गणना मेरो सहभागिता भन्ने नारा तय गरेको छ । यसपटक गर्न लागिएको १२औं जनगणना हो । नेपालमा बिस १९६८ बाट जनगणना सुरु भएको थियो ।

यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो भने जनसङ्ख्या बृद्धिदर ऋणात्मक थयो ।

यस जनगणनामा घरमुलीको अचल सम्पत्ति र चौपाया सम्बन्धी विवरणबाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक, व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थिएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। यो मान्छेको टाउकाको गणनामा मात्र सिमित थियो ।

यसैबीच मोरङमा भने राष्ट्रिय जनगणनामा स्थानीय भाषा बोल्ने बाहुल्य भएका क्षेत्रमा सोही भाषीका गणक खटाउन सहभागीहरुले सुझाव दिएका छन् ।

जिल्ला जनगणना कार्यालय क र ख द्वारा बिहीबार आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने, सार्वजनिक सूचना सम्प्रेषण गर्नुपर्ने, विराट राजवंंशीको भाषा, जातिको समूह जनाउने कोलम राख्नुपर्ने र स्वास्थ्य सम्बन्धमा दीर्घरोगीका विषयमा आवश्यक कोलम राख्नुपर्नेजस्ता सुझाव दिएका थिए ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक रामहरि गैरेले राष्ट्रिय जनगणना–२०७८ संक्षिप्त जानकारी एवं तयारी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आउँदो जनगणनामा ७० लाख घरपरिवार र तीन करोड जनसङ्ख्या हुने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना संयोजक कोषहरि निरौलाले जनगणनाले जनसङ्ख्या, धर्म, संस्कृति, भाषालगायतका क्षेत्रका समानुपातिक, समावेशी सिद्धान्तका रूपमा राज्यलाई सही तथ्याङ्कक उपलब्ध हुने विचार व्यक्त गरे ।

प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज बरालले जनगणना विधि, अवधारणा र परिभाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक विधिमार्फत गणकको छनोट गरिएको र स्थानीयवासीलाई प्राथमिकता दिइएको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले मूलघरबाट अन्यत्र बहाल वा कार्यको कारणवश बसेकाका परिवारका सदस्यका सम्बन्धमा गणना दोहोरिने सम्बन्धमा सचेत हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया