शनिबार, वैशाख ८, २०८१

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०७७ चैत २६ गते १७:५७

काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

गत चैत १२ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका बारा जिल्लाका जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ६ बखुन्डोल बस्ने ३५ वर्षीय महेश्वर घिमिरेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाबाट खटिएको टोलीले काठमाडौं ४ बाट पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाईएको महानगरीय अपराध महाशाखाले जानकारी दिए ।

प्रतिक्रिया