बुधबार, वैशाख १२, २०८१

सांसद पौडेलले प्रधानमन्त्री ओलीले पुनःप्रतिनिधिसभा विघटनको प्रस्ताव राखेकोमा आपत्ति

मेरोन्यूज २०७७ चैत २६ गते १७:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रतिनिधिसभा विघटनको प्रस्ताव राखेकोमा आपत्ती जनाए ।

केही समय अघि राष्ट्रपतिले गर्नुभएको सर्वदलिय बैठकमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने धारणा राखेकोतर्फ इंगित गर्दै उनले त्यसमा आपत्ती जनाएका हुन ।

उनले जनताले लडेर ल्याएको संविधान र संघीय संसदलाई संरक्षण गर्नुको सट्टा विघटनको प्रस्ताव गरेर मुलुकको राजनीतिक अवस्था कसरी संग्लो हुन्छ भनी प्रश्न गरे ।


उनले भने “दलहरुलाई बेलाएर विघटनको प्रस्ताव गर्ने । यस्तो तरिको देशको राजनीति संग्लिन्छ ?”
उनले आफुले गरेका हिजोका निर्णयको औचित्य पुष्टि गर्नका लागि संसदलाई बिजनेस नदिएर आवश्यकता छैन भनि निष्कृय पार्ने काम नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया