शनिबार, वैशाख ८, २०८१

नेप्सेमा झिनो हरियो

मेरोन्यूज २०७७ चैत २६ गते १६:४१

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार झिनो हरियो संकेत देखिएको छ ।

लामो समयपछि हिजो बुधबार ओरालो लागेको बजार परिसु्चक बिहिबार २ सय ७ कम्पनीको शेयर कारोबार हुँदा २ दशमलब ७४ अंकले उकालो लागेर २ हजार ६ सय ७४ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

शेयर बजारमा ७१ हजार २ सय ४१ कारोबारबाट ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६ सय ८० रुपैयाँ बराबरका १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर किनबेच भएको हो ।

स्टक एक्सचेञ्जका अनुसार आज बिहिबार लघुवित्त समुहको सपसूचक सबैभन्दा धेरै १ सय १३ दशमलब १३ अंकले वृद्धि हुँदा कूल शेयर बजारमा सुधारात्मक दिशा देखिएको हो ।

प्रतिक्रिया