शुक्रबार, वैशाख १४, २०८१

२६ सह सचिव,उपसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा,कसको सरुवा कहाँ भयो ?(सुचीसहित)

मेरोन्यूज २०७७ चैत २६ गते १६:०३

काठमाडौं । विभिन्न जिल्लाका सह सचिव,उपसचिव र प्रमुख जिल्ला अधिकारी गरी २६ जनाको सरुवा भएको छ । गृह मन्त्रालयका अनुसार गृहका सहसचिव नारायण प्रसाद भट्टराई भरतमणी पाण्डेसहित २६ जना सहसचिव ,उपसचिव र प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।
गृहका सहसचिव नारायण प्रसाद भट्टराई अध्यागमन विभागमा सरुवा भएका छन् । भने गृहका सहसचिव होम प्रसाद लुइटेल जिल्ला प्रसासन कार्यालय लमजुङ्मा सरुवा भएका छन् । उनी प्रमुख जिल्ला अधिकारीको पदमा सरुवा भएका हुन् ।

यसैगरी, गृहका सहसचिव नवराज सापकोटा सरुवा भइ जिल्ला प्रसासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी भएका छन् भने गृहकै सहसचिव सुनिल खनाल जिल्ला प्रसासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकार भएका छन् ।


यस्तै, जिल्ला प्रसासन कार्यालय नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक गृह तानिएका छन् । उनी गृह मन्त्रालयमा उपसचिव पदमा सरुवा भइ आएका हुन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना गृहको उपसचिव पदमा सरुवा भएका छन् ।

थप हेरौँ कसको कहाँ सरुवा

प्रतिक्रिया