शनिबार, वैशाख ८, २०८१

एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरणगर्ने २ जना विरुद्ध मुद्धा

मेरोन्यूज २०७७ चैत २६ गते १६:१६

महोत्तरी । एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भर्पाइ गराएर भ्रष्टाचार गरेको अभियोगमा दुई जनाविरूद्ध मुद्दा दायर भएको छ।

महोत्तरीको साबिक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंह र कार्यालय सहायक नारायण यादवविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूविरूद्ध ६ लाख २९ हजार रुपैयाँ बिगो मागदाबी लिइएको अख्तियारले जनाएको छ। उनीहरूले हिनामिना गरेकोमध्ये ६ लाख १५ हजार रुपैयाँ दाखिला भइसकेको अख्तियारले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्दा दुबैले बदनियतपूर्वक काम गरेको देखिएको अख्तियारको दाबी छ।

प्रतिक्रिया