बुधबार, वैशाख १२, २०८१

आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मेरोन्यूज २०७७ चैत २६ गते १५:२०

बुटवल । प्रहरीले आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ ।

आफ्नै ५५ वर्षीया श्रीमती कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान बानीयाले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले मेरोन्युजलाई बताए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया