बिहीबार, वैशाख १३, २०८१

अमेरिकी डलर फेरि महंगो, अन्य मुलुकको सटही रेट सहित

मेरोन्यूज २०७७ चैत २६ गते १०:१९

काठमाण्डौं । अमेरिकी डलरको भाउ फेरी बढेको छ । लगातार ३ दिनसम्म समान रहेको अमेरिकी डलरको भाउ २ रुपैयाँ बढीले बढेको हो ।

बुधबार बिक्रिदर १ सय १७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य आज बिहिबार १ सय १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । खरिददर १ सय १८ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेकिरी डलरको यो मूल्य करिब ५ महिना यताकै उच्च हो । अहिले फेरि भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर भइ डलरको मूल्य बढेको अर्थशास्त्रीहरुले जनाएका छन् ।

भारतमा कोरोना सङ्कटका कारण पनि भारतीय रुपैयाँ कमजोर हुँदै गएको हो । नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा रहेको छ ।

अमेरिकी डलरसँगै अन्य धेरै मुलुकको पनि मुद्रा महंगो भएको छ । युरो १ को खरिददर १ सय ६४ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९० रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ९१ रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ५३ पैसा रहेको छ भने ९५ रुपैयाँ १ पैसा बिक्रि मुल्य रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सिंगापुर डलर १ को खरिद मुल्य ८८ रुपैयाँ ८७ पैसा छ भने बिक्रीदर ८९ रुपैयाँ ३२ पैसा तोकिएको छ । साउदी अरबियन रियालकोे खरिद मूल्य ३१ रुपैयाँ २५ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ६७ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ८४ पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ६७ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ८४ पैसा कायम रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ८० पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ८४ पैसा बिक्रिदर १० रुपैयाँ ८९ पैसा रहेको छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ २८ पैसा छ ।

यसैगरी दक्षिण कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ६९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया