बुधबार, वैशाख १२, २०८१

कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे

मेरोन्यूज २०७७ चैत २६ गते १०:००

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा विहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका विषयगत समितिका सदस्य हेरफेर र संयुक्त सभाका समिति सदस्य हेरफेर लगायत विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

कांग्रेस सचेतक पुष्षा भुषालले प्रतिनिधि सभा बैठक बस्नु अघि कार्यव्यव्स्था समितिको बैठक आह्वान हुनु स्वभाविक भएको बताइन् । उनले प्रतिनिधि सभाको बैठकलाई व्यवस्थित र थप प्रभावकारी बनाउन बैठक बोलाएको हुन सक्ने बताइन् ।

नेकपा एमालेका नेता खगराज अधिकारीले समितिको बैठकबारे सूचना आएपनि बैठकका एजेन्डाबारे जानकारी नभएको बताए ।

प्रतिक्रिया