शनिबार, वैशाख १५, २०८१

आजको मौसम

मेरोन्यूज २०७७ चैत २६ गते ७:४०

काठमाडौं । हाल नेपालको मौसममा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।

देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको र केही स्थानहरूमा तुँवालो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशीक बदली रहने महाशाखाले उल्लेख गरेको छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा मौसम आंशीक बदली रहने छ । पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया