बिहीबार, वैशाख १३, २०८१

कांग्रेस संकटमा छैन,आफैंलाई कमजोर गर्ने काम नगरौं : देउवा

मेरोन्यूज २०७७ चैत २५ गते १८:०४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् । स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए ।

उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टी हाँक्ने नेता गुमाउनु परेको बताए।
सभापति देउवाले पार्टी कहिल्‍यै पनि संकटमा नरहेको ठोकुवा गरे। उनले पार्टीका नेता कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन पनि आग्रह गरे।

प्रतिक्रिया