शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्री ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको प्रचण्डको आरोप

मेरोन्यूज २०७७ चैत २५ गते १७:३७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

बुधबार सल्यानमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले धानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका हुन् ।

उनले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको जिकिर गरे । उनले भने ‘केपी ओली नामको व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो ।’

प्रतिक्रिया