बुधबार, वैशाख १२, २०८१

लगातार उकालो लागेको नेप्से बुधबार झिनो अंकले घट्यो

मेरोन्यूज २०७७ चैत २५ गते १६:०३

काठमाडौं । साताको चौथो दिन आज बुधबार झिनो अंकको कारोबार भएको छ । लगातार उकालो लागेर प्रत्येक दिन नयाँ रेकर्ड कायम गरेको बजार परिसूचक २ दशमलब ८५ बिन्दुले झरेर २ हजार ६ सय ७१ अंकमा पुगको छ ।

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको २ सय ३२ दशमलब ६४ अंकले गिरावट आएको छ । यस्तै व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको शेयर कारोबार मापक स्टक एक्सचेञ्जले जनाएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । जसको शुन्य दशमलब ६२ अंकले सुधार भएको छ ।

कूल २ सय १५ कम्पनीको ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार ७६ हजार ५ सय ९१ कारोबारबाट १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया