बिहीबार, वैशाख १३, २०८१

ढोरपाटनबाट अवैध ३ किलो गाँजा चरेशसहित एक महिला पक्राउ

मेरोन्यूज २०७७ चैत २५ गते १४:०४

बागलुङ । ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा थापाले सञ्चालन गरेको मिना खाजा घरमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया