शुक्रबार, वैशाख ७, २०८१

रहेनन् ह्यारी पोटरका अभिनेता पल रिटर

मेरोन्यूज २०७७ चैत २५ गते १२:०६

एजेन्सी । हलिउड चलचित्र ह्यारी पोटरका चर्चित अभिनेता पल रिटरको ५४ वर्षमा निधन भएको छ ।

रिटरको ब्रेन ट्युमरबाट निधन भएको हो ।

फिल्म स्टार तथा फ्यानले उनको निधनप्रति शोक ब्यक्त गरेका छन् । रिटरको निधनको पुष्टि उनका एजेन्टले गरेका हुन् ।

एजेन्टले रिटरको निधन उनका घर परिवारको अगाडि भएको बताएका छन् ।

रिटरले आफ्नो करियरको दौरानमा कयौँ सुपरहिट फिल्ममा काम गरेका छन् ।

ह्यारी पोटरमा उनले निर्बाह गरेको भूमिकालाई दर्शकले मनपराएका थिए । उनलाई ब्रिटिश सिटकोम ‘फ्राइडे नाइट डिनर’का कारणले समेत चिन्ने गरिन्छ ।

प्रतिक्रिया