बुधबार, वैशाख १२, २०८१

१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

मेरोन्यूज २०७७ चैत २४ गते १८:५५

स्याङजा । प्रहरीले १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वालिङ–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा रहेका छन् ।

आफ्नै घरमा सुतेकी बालिकालाई बलात्कार गरेको परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया