शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं जिल्ला प्रशासनकाे अनुगमन : गंगवु बालाजु क्षेत्रका होटल र लजले ग्राहकलाई न्यून गुणस्तरका खानेकुरा दिएको भेटियो

मेरोन्यूज २०७७ चैत २४ गते १८:३४

काठमाडौं । पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तिब्रता दिएको छ । जिल्ला प्रशासनले पहिलो चरणमा होटल, लजको सेवा तथा खाद्यवस्तुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

अनुगमनको क्रममा काठमाडौंको गंगवु बालाजु क्षेत्रको होटल लजको अनुगमनमा उपभोक्तालाई दिइने खाद्यवस्तु र सेवामा न्यून गुणस्तरको रहेको पाइएको छ । कतिपय होटल रेष्टुरेन्ट बिना दर्ता भई सञ्चालनमा रहेको पनि पाइएको छ ।

मंगलबार गरिएको अनुगमनमा मुख्यगरी सरसफाईलाई ध्यान नदिएको पाइएको छ । अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको प्रशासनले बताएको छ । अनुगमनलाई समूह बनाएर विभिन्न क्षेत्रमा गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया