शुक्रबार, चैत १६, २०८०

माओवादीद्वारा मुख्यमन्त्री पौडलको राजीनामा माग

मेरोन्यूज २०७७ चैत २४ गते १६:३२

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गरेको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले वर्तमान प्रदेश सरकार पूर्णरुपमा असफल भइसकेको, अविश्वासको प्रस्ताव दर्ता गर्दा अल्पमतमा रहेको कारण तत्काल राजीनामा दिएर नयाँ सरकार गठन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।


यसैगरी,माओवादी केन्द्रका सांसदहरुले बैठकमा उठेर विरोध जनाउन थालेपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान गर्दै यस बैठकलाई स्थगित गरेका थिए ।

प्रतिक्रिया