शुक्रबार, वैशाख १४, २०८१

चौविस घण्टामा देशैभर २ सय ६० जनामा कोरोना संक्रमण

मेरोन्यूज २०७७ चैत २४ गते १६:१८

काठमाडौं । पछिल्लो चौविस घण्टामा देशैभर २ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना देखिएको जानकारी दिएका हुन् । सोही अवधिमा ११३ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय ४३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर २ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ ।

प्रतिक्रिया