बिहीबार, वैशाख १३, २०८१

डा .शेरबहादुर पुनलाई राष्ट्रिय प्रविधि पुरस्कार

मेरोन्यूज २०७७ चैत २४ गते १५:५०

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत भएका छन् ।

४४ औं प्रतिष्ठान सभाले २०७७ का लागि ११ विधामा १७ व्यक्ति एवं संस्थालाई पुरस्कार प्रधान गर्ने निर्णय गरेकोमा प्रविधि पुरस्कार पुनलाई दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

‘शुरुमा सुन्दा त केहि समय विश्वास गर्न गाहे भयो, तर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले प्रविधि पुरस्कार’ जस्तो उच्च तथा प्रख्यात ९प्रतिष्ठित० राष्ट्रिय अवार्डद्वरा सम्मान गर्ने निधो गरिएको छ, म अत्यान्त हर्षित भएको छु’उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया