बिहीबार, वैशाख १३, २०८१

व्यवसायी किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

मेरोन्यूज २०७७ चैत २४ गते १५:३२

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालकमा व्यवसायी किशोर प्रधान नियुक्ति भएका छन् । मोरङका किशोर प्रधानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेका हुन् ।


नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको बताइएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।

प्रतिक्रिया