शुक्रबार, चैत १६, २०८०

लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माण हुने

मेरोन्यूज २०७७ चैत २४ गते १४:०७

काठमाडौं । काठमाडौं । लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माण हुने भएको छ । लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण हुने भएको हो ।


फिल्ममा पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे,उदय सुब्बा, असली वनेम, दिलिप योङहाङलगायतका कलाकारहरुको अभिनय रहनेछ । ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने फिल्ममा मान तबेबुङ, अशोक राई र बिबि लिम्बुको संगीत रहेको छ ।


दिनेश लिङदेनको निर्देशन रहने फिल्ममा सागर केरुङको कथा, पटकथा र संवाद छ । फिल्ममा राम नेयोङ लिम्बु र सन्जिपकुमार लिङ्देनको लगानी रहनेछ भने विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माता छन् ।

प्रतिक्रिया