बिहीबार, वैशाख १३, २०८१

खनाल–नेपाल समूहले घोषणा गर्यो बागमती प्रदेश समानान्तर कमिटी, संयोजक अष्टलक्ष्मी शाक्य

मेरोन्यूज २०७७ चैत २४ गते १३:३५

काठमाडौं । झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । नेपाल समूहले वागमती प्रदेशमा समानान्तर कमिटी बनाएको छ । कमिटीको संयोजकमा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

संयोजकमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

खनाल–नेपाल समूहले वागमती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ ।

प्रतिक्रिया