बिहीबार, वैशाख १३, २०८१

कोरोना महामारीका कारण वितरण हुन नसकेको विभूषण चैत २७ गते वितरण गर्ने

मेरोन्यूज २०७७ चैत २४ गते ११:२९

काठमाडौं । कोरोना महामारीका कारण २०७६ सालमा वितरण हुन नसकेको विभूषण आगामी चैत २७ गते वितरण गर्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको विभूषण समितिको बैठकले गत वर्ष ४५० जनालाई वितरण हुन नसकेको विभूषण सो वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिबाट मानपदवीमध्ये महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी–२, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी–७, उज्ज्वल र्कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी–१, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी–९ लगायत वितरण गरिन लागिएको छ ।

गत २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार ०७६ असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गर्ने घोषणा भएपनि सुशोभन कार्यक्रम हुन सकेको थिएन।

प्रतिक्रिया