बिहीबार, वैशाख ६, २०८१

नेपाल पक्षका तीन विद्यार्थी नेतालाई ओली पक्षद्वारा कारवाही

मेरोन्यूज २०७७ चैत २४ गते ११:१०

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले नेता माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ।

मंगलबार साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अनेरास्ववियूका अध्यक्ष ऐन महरले कारवाही गरेका हुन्।

उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया