बुधबार, वैशाख १२, २०८१

मापदण्ड पालना नगर्ने ११ कम्पनी एक वर्ष कालोसूचीमा (नामसहित)

मेरोन्यूज २०७७ चैत २४ गते ८:२४

काठमाडौं । सरकारले विभिन्न ११ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले एक वर्ष कालोसूचीमा राखेको हो । सो कार्यालयको सोमबारको निर्णय अनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को १ बमोजिम कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका व्यवसायी र आपूर्तिकर्ता कम्पनीले कालोसूचीमा राखेको अवधीभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कुन कुन कम्पनी कालोसूचीमा परे त ? हेर्नुहोस नामावली

प्रतिक्रिया