शुक्रबार, चैत १६, २०८०

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

मेरोन्यूज २०७७ चैत २३ गते २१:००

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने एक अर्ब २५ करोड रुपैयाँ बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरे ।

एक अर्ब २५ करोड रुपैयाँको ऋणपत्रको ६० प्रतिशत (अर्थात ७५ करोड रुपैयाँ) व्यक्तिगत तवरमार्फत र ४० प्रतिशत (५० करोड रुपैयाँ) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकरण हुने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

Advertisement

प्रतिक्रिया