शुक्रबार, चैत १६, २०८०

जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने एक पक्राउ

मेरोन्यूज २०७७ चैत २३ गते २०:५३

काठमाडौं । प्रहरीले जुसमा नशालु पदार्थ मिसावट गरी अचेत पारी धनमाल लुटपाट गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । दुई वर्षदेखि काठमाडौं भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सर्वसाधारणलाई जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने कार्यमा संलग्न ३८ वर्षीय अर्जुनबहादुर केसीलाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ भई हाल भक्तपुर ढुन्चेपाखा हाइट बस्ने केसीलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया