शुक्रबार, वैशाख ७, २०८१

पेट्रोलको मूल्य वृद्धिको विरोधमा नेविसंघद्वारा आयल निगम अगाडि धर्ना

मेरोन्यूज २०७७ चैत २३ गते १८:१७

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसघं)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ ।

निइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेपछि नेविसंघले सोमबार धर्ना दिएको हो ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया