शुक्रबार, वैशाख १४, २०८१

फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु

मेरोन्यूज २०७७ चैत २३ गते १८:१३

काठमाडौं । फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । प्रेमकथात्मक फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ । सो फिल्मको सुटिङ नेपाल, भारतको दार्जिलिङ, सिक्किम र कोलकाता हुने बताइएको छ ।

अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ ।

विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मनपरेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेको खुलाइन् ।

उनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताइन् ।

प्रतिक्रिया