बुधबार, वैशाख १२, २०८१

कोरोना नियन्त्रणमा ५ अरब भन्दा बढी खर्च

मेरोन्यूज २०७७ चैत २३ गते १७:५५


काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा पाँच लाख भन्दा बढी खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेसम्म ५ अरब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जानकारी दिए । उनका अनुसार उक्त खर्च पिसिआर,किट,गाउन औषधी उपकरण व्यवस्थापन, खोप खरिद,अभियान,स्वास्थ्यकर्मी को जोखिम भत्ता लगायत सम्पुर्ण विषय अन्र्तगतको खर्च यसमा समेटिएको छ । उनका अनुसार अनुसार २ अरब ५४ करोड ५८ लाख रुपैया भने भुक्तानी हुन बाँकी छ ।

प्रतिक्रिया