शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा माओवादी केन्द्रद्वारा अविश्वास प्रस्ताव फिर्ता

मेरोन्यूज २०७७ चैत २३ गते १७:४२

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ ।

सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेको हो।

नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राईले प्रदेश १ सरकारविरुद्धको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास अझै फिर्ता नभएको बताए ।

अविश्वास प्रस्तावका समर्थक राईले अविश्वास प्रस्ताव फिर्ता गर्नुपरे पनि सरकारप्रति आफूहरूको विश्वास नभएको बताए ।

गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड(माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले चैत १७ गते अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका थियो ।

प्रतिक्रिया