शुक्रबार, वैशाख ७, २०८१

स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन् : ‘असार भित्र ६० लाखलाई कोरोना विरुद्धको खोप लगाउने तयारी छ’

मेरोन्यूज २०७७ चैत २३ गते १७:३८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले हालसम्म कोरोना भाइरस विरुद्धको खोप १८ लाख ६ हजार ७ सय ८१ जनाले लिइसकेका जानकारी दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री त्रिपाठीले चैत्र २२ गते सम्मको तथ्यांक हेर्दा जम्मा १८ लाख ६ हजार ७ सय ८१ जनाले कोभिड १९ विरुद्धको प्राप्त गरिसकेको जानकारी दिएका हुन् ।

असार भित्र ६० लाख मानिसहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्रयासरत रहेको उनले जानकारी दिए । उनले पहिलो खोप लगाएकाहरुको दोश्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागि विश्वस्त हुन आग्रह गरे ।

“चैत्र २२ गते सम्मको तथ्यांक हेर्दा जम्मा १८ लाख ६ हजार ७ सय ८१ जनाले कोभिड १९ विरुद्धको प्राप्त गरिसकेका छन् । पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिहरुलाई २०७८ बैशाख ७ गते देखि ११ गते सम्म दोश्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ, पहिलो चरणमा लगाएकाहरुको खोप सुरक्षित छ । त्यो लगाईएको छैन । भण्डारणमा छ । अन्यथा प्रचार प्रशारमा पर्नु जरुरी छैन्” उनले भने

प्रतिक्रिया