शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधिसभाको अर्को बैठक चैत २६ गते बस्ने

मेरोन्यूज २०७७ चैत २३ गते १७:२७

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित भएको छ ।

सोमबारको बैठकपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जानकारी गराएका छन् ।

सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं बार्षिक प्रतिवेदन,सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश भएका छन् ।

प्रतिक्रिया