बिहीबार, वैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण

मेरोन्यूज २०७७ चैत २३ गते १७:०३

काठमाडौं । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ६६ जना कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप चार जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ सय २ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ५ सय ३६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर २ सय ६६ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ ।

प्रतिक्रिया