शुक्रबार, वैशाख १४, २०८१

आगामी जेठ–असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरिएको छ : स्वास्थ्यमन्त्री

मेरोन्यूज २०७७ चैत २३ गते १६:५४

काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ ।

आइतबार संसद बैठकलाई सम्बोधन गदै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्ने बताएका हुन् । कोरोना भाइरस विरुद्धको खोप उपलब्ध लगाउँने नेपाल दोस्रो देश रहेको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरका ८४ वटा प्रयोगशाला तयारी अवस्थामा राखेको मन्त्री त्रिपाठीले जानकारी दिए ।
भरतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए । पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै उनले अघि भने, ‘अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने छैन ।’

महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पार्नुभयो । उहाँले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु भएको बताउनुभयो । खोपको आपतकालिन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधी तेश्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले स्पष्ट पारे । तर अध्यादेश संसदको पहिलो बैठकमा पेश हुन नसकेको तर्फ उनले चिन्ता व्यक्त गरे ।

उनका अनुसार, चैत्र २२ गते सम्म २२ लाख ८५ हजार भन्दा बढीको नमुना परीक्षण गरिएको छ । २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भईसकेका छन् ।

३ हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण मृत्यु हुनेको दर १ दशमलब १ प्रतिशत मात्रै रहेको छ । कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । सोमबार ३ बजे सम्म ४ हजार ५ सय ३६ जनाको नमुना परीक्षणमा २ सय ६७ जनामा कोभिड पोजेटिभ देखिएको जानकारी पनि उनले जानकारी दिए । उनले पछिल्लो परिणामले विस्तारै पोजेटिभ केसहरु बढ्दै गएको संकेत गरेको बताए ।


प्रतिक्रिया