शुक्रबार, वैशाख ७, २०८१

संसारकै नम्बर एक प्रदुषित सहर बन्यो काठमाडौं

मेरोन्यूज २०७७ चैत २३ गते १६:५०

काठमाडौं । संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा काठमाडौं परेको छ ।

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा परेको हो।

बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटेको थियो तरैपनि आइतबारदेखि फेरि देशभर वायु प्रदुषणको मात्रा बढेको छ।

विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा-धुलो प्रदुषण बढेको बताएका छन्।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेको थियो। आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ।

विज्ञहरूले वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया