शनिबार, वैशाख १५, २०८१

३ दिनदेखि लगातार समान अमेरिकी डलर

मेरोन्यूज २०७७ चैत २३ गते १४:४८
This image has an empty alt attribute; its file name is dolor-pic-1024x365.jpg

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन आज सोमबार विगत ३ दिन देखि समान मुल्यमा अमेरिकी डलरको खरिदबिक्रि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर१ सय १ सय १६ रुपैयाँ ६८ पैसा र बिक्रिदर १ सय १७ रुपैयाँ २८ पैसा कायम छ ।

यस्तै युरो १ को खरिदद १ सय ३७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १ सय ३७ रुपैयाँ ९७ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६१ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ २३ पैसा तोकिएको छ ।


यसैगरी अष्ट्रेलियन डलर १ को खरिद मुल्य ८८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ८९ रुपैयाँ २१ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९२ रुपैयाँ ८९ पैसा खरिद रहेको छ भने ९३ रुपैयाँ २६ पैसा बिक्रि मुल्य रहेको राष्ट्र बैंकले जनाएको छ । सिंगापुर डलर १ को खरिद मुल्य ८६ रुपैयाँ ६९ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ १४ पैसा तोकिएको छ ।


राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा साउदी अरबियन रियालको हिजो आइतबार समान साउदी रियालको खरिद मूल्य ३१ रुपैयाँ ११ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ३९ पैसा रहेको छ । केही महंगो भएको युएइ दिरामको खरिद मूल्य ३१ रुपैयाँ ७७ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ९३ पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ४ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ २० पैसा कायम रहेको छ ।


यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ १८ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ३३ पैसा तोकिएको छ । राष्ट्र बैंकका अनुसार जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ५४ पैसा बिक्रिदर १० रुपैयाँ ५९ पैसा रहेको छ । चाइनिज युयन १ को खरिद १७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर १७ रुपैयाँ ८६ पैसा छ ।
यसैगरी साउथ कोरियाको सटहीदर भने केही घटेको छ । कोरियन १०० वनको खरिददर १० रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनी मा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया